Logo

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने षडेन्त्र भइरहेको छः प्रचण्ड



काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने षडेन्त्र भइरहेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बताए । उनले नेकपा (एमाले)मा पनि इमान्दार कम्युनिष्ट नेताहरू भएको बताउदै गलत नेतृत्वसँग फसेका बताए ।

‘यो दिवसले गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न उहाँहरूलाई प्रेरणा मिलोस् । फेरी पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने प्रेरण मिलोस्,’ उनले भने ।

उनले बाम गठबन्धन महान प्रयोग रहेको दाबी गरे । साथै, नेतृत्वमा परेका विचलनका र गैर कम्युनिष्ट चिन्तनको कारणले अहिलेको अवस्था आएको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्