Logo

रवीन्द्र मिश्रले गरे काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा, राजसंस्था पूनःस्थापना मुख्य एजेण्डा



काठमाडौं, १४ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा राजसंस्था पूनःस्थापनाको मुख्य एजेण्डा बोक्ने भएका छन् । आज आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरेका मिश्रले आफू संवैधानिक राजसंस्थाको एजेण्डा लिएरै मतदातासँग भोट माग्ने बताएका हुन् ।

मिश्र हिजोमात्रै राप्रपामा प्रवेश गरेका हुन् । उनले मुलुकमा अभिभावकीय भूमिकाको रुपमा राजसंस्था अपरिहार्य भएको बताउँदै आएका छन् । आजको उम्मेदवारी घोषणा कार्यक्रममा पनि उनले भने,‘२०७४ सालको चुनाव लड्ने बेलामा यही व्यवस्था बोकेर हिँडेकै हो । तर, थोरै समयमा के महसुस गरेँ भने यो देश भड्खालोतिर जाँदैछ । नेपालका संस्थाहरू क्षयीकृत हुँदैछन् । यदि राजसंस्थाजस्तो लामो ऐतिहासिक विरासत भएको संस्थालाई खोपामा भए पनि राख्नुभएन भने संकट पर्दा ऐया भन्ने समय पनि पाउनुहुन्न ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्