Logo

देवेन्द्र पौडेलको गृहमन्त्रीलक्षित पश्न– यही प्रणालीमा मन्त्री बन्ने अनि संघीयता ठीक छैन भन्न मिल्छ ? (भिडियोसहित)



काठमाडौं, १९ पुष । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विश्वासको मतका लागि मिति तय भइसकेको र त्यसपछि समग्रमा मन्त्रिमण्डल, प्रदेश सरकारको नेतृत्व, सभामुख, उपसभामुख लगायतका पदहरु टुंगो लाग्ने बताएका हुन् ।

अहिलेको सरकारकोे प्राथमिकता सुशासन, आर्थिक पारदर्शिता र जनताका डेलिभरीका कामहरु मुख्यरुपमा रहेको पनि उनले बताए । सत्ता गठबन्धनका सात दलहरुबीच छलफलका माध्यमबाट सरकारको नेतृत्व हुने पनि उनले बताए । अहिले हल्ला चलेझैं मन्त्रालय फुटाउने कुरामा कुनै निर्णय नभएको पनि उनको दावी छ ।

‘संविधानले पच्चिस वटा मन्त्रालय बनाउने अधिकार दिएको छ । पच्चिस वटा मन्त्रालय बनाउने प्रधानमन्त्रीलाई अधिकार छ । मन्त्रालय फुटाएर सरकार टिक्ने होइन,’ उनले भने ।

साथै, फरक प्रसंगमा उनले संघीय प्रणाली देशमा चाहिने बताए । ‘म र मेरो पार्टीले एकात्मक राज्य प्रणाली चाहिन्छ भनेर ल्याएको,’ उनले भने । राजेन्द्र लिङ्देन र गृहमन्त्री रवि लामिछानेले संयीयता विरोध गरेर ठीक नगरेको पनि उनको आरोप छ ।

‘उहाँहरु त्यही प्रणालीभित्र मन्त्री बनेर जाने अनि संघीयता ठीक छैन भनेर बोल्न मिल्छ र ?,’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्