Logo

माओवादी, एमाले लगायतका कम्युनिष्ट पार्टी एकताको विकल्प छैन– खगराज भट्ट (भिडियोसहित)



काठमाडौं, २० पुष । माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका दावेदार खगराज भट्टले कम्युनिष्ट एकता ऐतिहासिक र अपरिहार्य आवश्यकता भएको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन’, कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भट्टले अब व्यक्तिवाद, सानातिना कुण्ठा र स्वार्थ त्यागेर सबै कम्युनिष्ट पार्टी जानुको विकल्प नरहेको  बताएका हुन् ।

‘हामी के कारणले राष्ट्रिय आवश्यकता र जनताको चाहनालाई प्रतिविम्बित हुने कर्म गर्न सकिरहेका छैनौं ? हामी अरुको समीक्षा अलि धेरै गर्ने र आफ्नो समीक्षा नगर्ने मनोगत रोगबाट सिकार छौं । गुटगत संकीर्णताले हामीलाई रोकेको छ,’ उनले भने ।

इतिहासले सधैभरि अबसरको सिर्जना नगर्ने भएकाले अहिले सही निर्णय गरेर जानुपर्ने उनको दाबी छ । नेपाली कम्युनिष्ट आन्दोलनले धेरै आरोह अवरोह पार गरेर यहाँ सम्म आएकाले अब उपलब्धी जोगाउन लाग्नु पर्ने उनले बताए । एकीकृत समाजवादी आफूहरुका लागि दाइभाइ जस्तै भएकाले प्रचण्ड नेतृत्वको सरकारमा उक्त पार्टी सहभागी हुनेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्