Logo

सरकारबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै कांग्रेस



काठमाडौं, २० पौष । सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसले पहिलो पटक पत्रकार सम्मेलन गर्ने भएको छ।

कांग्रेसले आज (बुधबार) समसामयिक राजतीतिलगायतका विषयमा आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।

आज अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए।

साथै, आज नै निर्वाचन परिचालनमा खटिएका नेता तथा कार्यकर्तालगायतलाई धन्यवाद दिने कार्यक्रम पनि रहेको प्रवक्ता महतले बताए।



प्रतिक्रिया दिनुहोस्