Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो



काठमाडौं, २६ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी पौष २८ गते बिहीबार बस्ने भनिएको बैठक माघ १५ गते बस्ने गरी सरेको हो ।

पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने जानकारी गराएका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ पौष २८ गते बिहीबार अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्