Logo

प्रधानमन्त्रीको यो कार्यकाल इमान्दार स्वीकारोक्तिका साथ सुरू गर्न चाहन्छु– प्रचण्ड



काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू यसपटक ठूलो आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित संसदको रोस्टममा उभिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफू यसअघि दुई पटक प्रधानमन्त्री बनेपनि यसपटक चाहिँ फरक संकल्पसाथ संसदमा उभिएको बताएका हुन् ।

‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु । विश्वासको मत पाएँ भने म प्रधानमन्त्रीको यो कार्यकाल इमान्दार स्वीकारोक्तिका साथ सुरू गर्न चाहन्छु,’ उनले भने ।

राजनीतिकर्मी कहीं न कहीँ चुकिरहेको पनि उनले बताए । ‘राजनीतिकर्मी कहीं न कहीँ चुछौँ । त्यसो हुन्नथ्यो भने हाम्रा लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुने थिएनन्, आफ्नै परिवारसँग आफ्नै देशमा रमाइरहेका हुने थिए,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्