Logo

बागमती प्रदेशको सभामुखमा राप्रपाका पाठकले गराए मनोनयन दर्ता



काठमाडौं, २८ पुष । बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका दलबीच भागबन्डा हुँदा सभामुख राप्रपालाई दिने सहमति भएको छ । सहमति अनुसार राप्रपाले पाठकलाई उम्मेदवार बनाएको हो । पठकलाई सभामुखमा एमालेका जगन्नाथ थपलियाले प्रस्ताव गरेका छन् भने समर्थकमा माओवादीका युवराज दुलाल रहेका छन् ।

बागमती प्रदेशको सभामुखमा कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सृजना सायजुले पनि उम्मेदवारी दर्ता गराएका छन् । पाठकलाई बागमती प्रदेश सभामुखमा सत्तारुढ दलको समर्थन रहेकाले उनी सभामुख बन्ने निश्चित रहेको छ । बागमतीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल नियुक्त भइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्