Logo

प्रधानमन्त्री प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलबीच भेटवार्ता



काठमाडौं, २८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त भएकोमा जमकटेललाई बधाई तथा शुभकामना दिएका थिए ।

नवनियुक्त मुख्यमन्त्री जमकटेल नेकपा (माओवादी केन्द्र) का नेता हुन् । नेकपा एमाले लगायतको सत्तारुढ दलको समर्थनमा उनी सोमबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्