Logo

देउवाले किन बोलाए कांग्रेसका भातृसंगठन अध्यक्षलाई धुम्बाराही ?



काठमाडौं, २९ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भातृसंगठन प्रमुखहरुलाई आफ्नो निवास धुम्बराही बोलाएका छन्।

उनले समसामायिक राजनीति र भातृ संगठन विस्तारका लागि धुम्बराही बोलाएको सभापति देउवाको सचिवालयले जनाएको छ।

बैठक अहिले ११ बजे बस्दैछ।

बिहीबारको कांग्रेस पदाधिकारी बैठकले स्ववियु निर्वाचन आएकाले नेविसंघलाई पूर्णता दिने साथै तरुण दललगायत भ्रातृ संस्थामा कार्यसमिति पूर्ण बनाउनेबारे छलफल गरेको थियो।



प्रतिक्रिया दिनुहोस्