एजेन्सी । दक्षिण भारतीय चलचित्र अभिनेता जुनियर एनटीआरको बिवाह लक्ष्मी प्रणतीसँग भएको थियो। उनीहरुको प्रेमकथालाई हेर्ने हो भने खास केही छैन तर एनटीआरले आमाबाबुको सहमति र छनोटमा लक्ष्मीसँग विवाह गरेका थिए।
तर एनटीआरकी पत्नी लक्ष्मीलाई हेरेर कसैले भन्न सक्दैन कि उनी दुई सन्तानकी आमा हुन् र ३० वर्ष पुगिसकेकी छिन्। लक्ष्मी आफ्नो फिटनेसलाई लिएर निकै सजग हुनेगर्छिन्।
जब एनटीआरको बिवाहभएको थियो तब उनी २६ वर्षका थिएभने उनकी पत्नी लक्ष्मी १८ वर्षकि थिइन्। उनीहरुबीच ८ वर्षको फरक रहेको छ। सन् २०११ मा दुईटैले रीति रिवाजअनुसार बिवाह गरेका थिए।
उनको बिवाहमा एनटीआरका करिब १२ हजार फ्यानहरुको सहभागी थिए।