काठमाडौं, ४ माघ । प्रतिनिधि सभाको सभामुख पदका लागि दुई जनाको मात्रै उम्मेद्वारी परेको संघीय संसद् सचिवालयले जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार मध्यान्ह १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्न दिएको समयसीमा भित्र २ जनाको मात्र उम्मेदवारी परेको संसद् सचिवालयले जनाएको हो।
उम्मेदवारी दिनेमा एमालेको तर्फबाट देवराज घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरी देवी न्यौपाने रहेका छन्।
घिमिरेको प्रस्तावकमा सुवाशचन्द्र नेम्वाङ्ग रहेका छन् भने समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने रहेका छन्।
यस्तै न्यौपानेको प्रस्तावकमा विश्वकप्रकाश शर्मा रहेका छन् भने समर्थकमा प्रकाश ज्वाला रहेका छन्।