Logo

आवेदन दिने सबैले पाए ‘एनआईबिएल ग्रोथ फण्ड’को इकाई



काठमाडौं, ४ माघ । एनआईबिएल ग्रोथ फण्डको बाँडफाँड सम्पन्न भएको छ। एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल ग्रोथ फण्ड’ को मंगलबार बाँडफाँड सम्पन्न भएको एनआईबिएल एस क्यापिटले जनाएको छ।

क्यापिटलले आवेदन दिने ४२ हजार ६० जना आवेदकलाई नै फण्डको इकाई बाँडेको र बिज पूँजीको रुपमा ६३ लाख २१ हजार थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माग गरेअनुसार इकाई बाँडेको क्यापिटलले जनाएको छ।

यो सँगै एनआईबिएल ग्रोथ फण्ड योजनाको आकार एक अर्ब ३२ करोड कायम गरिएको क्यापिटलले जनाएको हो।



प्रतिक्रिया दिनुहोस्