Logo

प्रचण्डलाई सफल प्रधानमन्त्री बनाउँछौं– शेरधन राई (भिडियोसहित)



काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता शेरधन राईले अहिलेको सत्ता गठबन्धनले नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ लैजाने बताए । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विकास र समृद्धिको नेतृत्व गर्ने सफल प्रधानमन्त्री बनाउने बताएका हुन् ।

‘प्रचण्डलाई नेपाली जनताले सफल प्रधानमन्त्रीको रुपमा चिनेका छैनन् । यो तेस्रो पटक उहाँ प्रधानमन्त्री हुनुभएको छ । प्रचण्ड नेपाली राजनीतिमा खेलेर खान सक्ने एकमात्र खुबी भएको नेताको रुपमा जनताले बुझ्दै आएका छन् । तर, यस पटक त्यो बुझाइलाई चिर्दै उहाँले मुलुकलाई सही दिशामा अगाडि बढाउनका निम्ति राजनीतिक अस्थिरताबाट मुलुकलाई निकालेर राजनीतिक स्थायित्व र सुशासन कायम गर्दै विकास र समृद्धिको नेतृत्व गर्ने कुरामा सफल हुनुपर्छ । उहाँ त्यो परीक्षामा उतीर्ण हुनुपर्छ भन्ने अपेक्षा जनताले गरेका छन्,’ उनले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सत्ता गठबन्धनलाई उनले अनुचित गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धन भत्किनु सकारात्मक भएको बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्