काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले प्रतिनिधि सभामा आफ्नो उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न ह्वीप जारी गरेको छ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखेकले आज एक विज्ञप्ती जारी गर्दै न्यौपानेलाई मतदान गर्न ह्वीप जारी गरेका छन्।
न्यौपानेलाई एकीकृत समाजवादीले पनि समर्थन गर्ने भएको छ।
सभामुखको निर्वाचन शुक्रबार ११ बजे हुँदैछ।