Logo

प्रधानमन्त्री प्रचण्डले पाएको समर्थनमा संविधानलाई सर्वस्वीकार्य बनाउने शक्ति छ– शरदसिंह भण्डारी



काठमाडौं, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाएको समर्थनमा संविधानलाई सर्वस्वीकार्य बनाउने अन्तरनिहित शक्ति रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मधेश, दलित जनजाति र आदिवासीको उत्थानका लागि र अहिलेको संविधानलाई सर्वस्वीकार्य बनाउन चाहिने शक्ति प्राप्त भएको उनले बताए ।

विगतको संसद अत्यन्त निराशलाग्दो र निरिह भएको भन्दै त्यस्तो अवस्था अब आउन नदिन पनि उनले ध्यानाकर्षण गराए । नयाँ सदनमा नयाँ अनुहारमा आशा र अपेक्षा रहेको उनको दाबी छ । माघ ५ गते मधेश आन्दोलनको भएको भन्दै उनले मधेश आन्दोलनका पहिला सहिद रमेश महतोको स्मरण गरे । डा. सिके राउतले मधेश आन्दोलनलाई उचाइमा पुर्‍याउन योगदान दिएको भन्दै उनले प्रसंशा गरे । आफ्नो पार्टी अहिले प्रतिपक्षको भूमिकामा रहेको दाबी गर्दै उनले नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवारी दर्ता गराएकी इश्वरी न्यौपानेको पक्षमा मतदान गर्न पनि उनले आह्वान गरे ।

 



प्रतिक्रिया दिनुहोस्