काठमाडौं, ६ माघ । बिहिबार सभामुखमा निर्वाचित भएका एमालेका सांसद् देवराज घिमिरेले एमालेको सदस्यता त्यागेका छन्।
सत्ता गठबन्धनबाट सभामुखमा निर्वाचित भएका घिमिरे झापाबाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका थिए।
उनले आजएक विज्ञप्ति जारीगर्दै एमालेको सदस्यता त्यागेको बताएका छन्।
घिमिरे कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका हुन्।