काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले उपसभामुखबारे अन्य दलसँग छलफल गरेर मात्र उम्मेद्वार टुङ्ग्याउने भएको छ।
अन्य दलहरुसँग छलफल गरेर दिउँसो २ बजेभित्र उम्मेद्वारको टुङ्गो लाग्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।
सभामुखबारे छलफल गर्न बिहान १० कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको थियो।
सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगरले उम्मेद्वारी दिदैंछिन्।
बिहीबार भएको सभामुख निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका थिए।
उपसभामुखको निर्वाचन भोलि हुँदैछ।