काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले उपसभामुखमा सांसद् मुक्ताकुमारी यादवलाई अघि सार्ने तयारी गरेको छ।
उपसभामुखबारे छलफल गर्न बिहान १० बजे बसको कांग्रेस पदाधिकारीले उनलाई उपसभामुखमा अघि बढाउने तयारी गरेको बैठकमा सहभागी नेताहरुले बताए।
यादवले कांग्रेसको १४औं महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेकी थिइन्।
सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगरले उम्मेद्वारी दिदैंछिन्।
बिहीबार भएको सभामुख निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका थिए।
उपसभामुखको निर्वाचन भोलि हुँदैछ।