काठमाडौं, ६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्।
उनले आज बसेको प्रदेशसभाको बैठकमा चार दलका २५ सांसदको मत पाएका हुन्।
नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् भने कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन्।