Logo

उपसभामुखमा यादवलाई मतदान गर्न कांग्रेसको ह्वीप



काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसका उम्मेद्‍वार मुक्ताकुमारी यादवलाई भोट हाल्न कांग्रेसले ह्वीप जारी गरेको छ।

कांग्रेस सचेतक रमेश लेखकका अनुसार उम्मेद्‍वार यादवलाई मतदान गर्न ह्वीप जारी गरिएको हो।

यादवको प्रस्तावकमा कांग्रेस सांसद् बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

यस्तै, सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मागरले उम्मेद्‍वारी दर्ता गराएकी छिन्।



प्रतिक्रिया दिनुहोस्