Logo

कम्बोडियामा ज्यान गुमाएका निराकारको आज अन्त्येष्टि



काठमाडौं, ७ माघ । कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका निराकार पाण्डेको आज अन्त्येष्टि गरिँदैछ । झापा बिर्तामोड १ का निराकारको शनिबार कनकाई माइमा अन्त्येष्टि गर्न लागिएको हो ।

उनको शव २३ दिनपछि शुक्रबार काठमाडौं ल्याइएको हो । शनिबार विहानै उनको शव झापा पुर्‍याइएको छ । गत पुष १४ गते उनको निधन भएको थियो । कानुनी प्रकृया मिलाउँदा शव ल्याउन ढिलाइ भएको हो ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्