काठमाडौं, ७ माघ । प्रतिनिधि सभाको उपसभामुख निर्वाचनका लागि संसद् बैठक सुरु भएको छ।
अहिले १ बजेदेखि सुरु भएको बैठकले आज संसद्मा उपसभामुखको निर्वाचन हुनेछ।
उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी ईन्दिरा राना मगर र कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन्।
राना मगरको प्रस्तावकमा सोविता गौतम र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थन रहेका छन् भने यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन्।