Logo

संसद्मा रामहरिको प्रश्न– ‘देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ?’



काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रलाई लिएर संसद्मा आपत्ति जनाएका छन् । शनिबार सांसद बैठक सुरुहुने लगतै शुन्य समयमा बोल्दै खतिवडाले अपराधिलाई प्रेस विज्ञप्ति निकालेर खोज्ने परम्पराको सुरुवात भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘अपराधीलाई खोज्न प्रेस विज्ञप्ति निकाल्ने परम्पराको सुरुवात भएको छ । प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो ? चिन्ताको विषय रहेको छ । गृहमन्त्रीले केटाकेटीपनको प्रदर्शन गर्नु भएन । के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो,’ उनले प्रश्न गरे ।

अपाधी पक्रनुस् भन्दा प्रेस विज्ञप्ति जारी गर्नु गलत भएको भन्दै गृहमन्त्रीले जनतालाई फेरि मुर्ख बनाउन खोजेको उनको आरोप छ । साथै, संसद्मा नागरिकता, पासपोर्ट लगायतका धेरै विषयको छानबिनको आवश्यकता भएको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्