Logo

पार्टी एकताको अन्तिम गृहकार्यमा प्रचण्ड–बाबुराम



काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका अध्यक्ष भट्टराईले छुट्टिएको सात वर्षपछि पार्टी एकताको तयारी थालेका हुन् ।

पार्टी एकताका लागि प्रचण्ड र बाबुरामबीच केही समयदेखि बाक्लै छलफल र भेटघाट हुन थालेको छ । माओवादीको केन्द्रीय कमिटी बैठकले वाम एकताका लागि पहल गर्न भन्दैै कृष्णबहादुर महराको नेतृत्वमा टोली नै बनाएको थियो । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

माओवादी र नेसपाबीच एकताको लागि आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भइसकेको छ । नेसपा माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा पनि सहभागी भइसकेको छ । आगामी माघ १० गते अर्को बैठक बसेर पार्टी एकताको बाँकी काम टुंग्याउने तयारी छ । २०५१ सालदेखि सुरुभएको जनयुद्धको प्रमुख भुमिकामा प्रचण्ड,बाबुराम भएपनि पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण बाबुराम ७ वर्षअघि माओवादीबाट अलग भएका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्