Logo

आजादीका अमृत महोत्सवअन्तर्गत लामो दौड



काठमाडौं, ७ माघ । भारतीय राजदूतावासको आयोजनामा आजादीका अमृत महोत्सवअन्तर्गत पशुपति मन्दिर परिसरमा ५ किलोमिटर लामो दौडको आयोजना गरेको छ।

वातावरण मैत्रीको अवधारणालाई प्रवद्धन गर्ने उद्धेश्यले पशुपति मन्दिर परिसरमा ५ किलोमिटर लामो दौडको आयोजना गरेको भारतीय दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ।

उक्त प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दौड कार्यक्रमको शुभारम्भ गरेको भारतीय दूतावासले जनाएको छ।

प्रतियोगितमा कलाकार प्रदिप खड्का, पर्वतारोहीद्वय पुर्णिमा श्रेष्ठ र कल्पना महर्जन र नेपालका प्रथम ‘आइरन म्यान’ उपाधि विजेता आलोक खत्रीलगायत १००० जनाको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्