काठमाडौं, ७ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-१० क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।
आज इटहरीमा भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो।
प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम ओभरको अन्तिम बलमा १०२ रन जोड्दै पूरा गर्यो।
सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित २७ रन जोड्दा कविता जोशीले अविजित १९ रन जोडिन्।
प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १/१ विकेट लिए।
प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोड्दा अप्सरी बेगमले १५ रन जोडिन।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।
उपाधिसँगै सुदूपश्चिमले ५ लाख र उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँ हात पारेको छ।
(तस्बिर : नेपाल क्रिकेट संघ)