Logo

भ्रष्टाचारको छानबिन गर्ने निकाय कानमा तेल हालेर बसेको छ– ज्ञानेन्द्र शाही



काठमाडौं, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचार मुद्धामा साना माछा जालमा पर्ने र ठूला माछो उम्किने गरेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले भ्रष्टाचारको छानबिन गर्ने निकाय कानमा तेल हालेर र आँखामा पट्टी बाधेर बसेको भन्दै आलोचना गरेका हुन् ।

‘भ्रष्टाचारका मुद्धामा सम्बन्धित निकाय कानमा तेल हालेर आँखामा पट्टी बाँधेर बसेको छ । साना माछामात्रै जालमा पर्ने ठूला माछा फुत्किने, यो कहिलेसम्म ?’ उनले भने । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारीलाई कारबाही गर्नुको साट्टो अनुसन्धानमै सीमित भएको उनको आरोप छ । नौ जवान युवा र सिंगो देशको भविष्य भ्रष्टाचारको कारण बर्वाद भएको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्