Logo

सबैलाई ‘कम्फर्टेबल’ सभामुख र राष्ट्रपति चाहिएको छ– चित्रबहादुर केसी



काठमाडौं, ७ माघ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अहिले पनि महिलालाई व्यवहारमा दोस्रो दर्जाको नागरिक मान्ने गरिएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता केसीले सभामुखमा महिलालाई अवसर नदिइएको भन्दै यस्तो आलोचना गरे गरेका हुन् ।  साथै, पुरुषप्रधान समाजमा महिलाको मुक्तिका लागि महिलाले नै काम गर्नुपर्ने महिला मुक्ति पुरुषहरुबाट हुन नसक्ने उनको तर्क छ ।

अहिले  सबै राजनीतिक दललाई कम्फर्टेबल सभामुख र राष्ट्रपति चाहेको पनि उनले उनले आरोप लगाए । दलका कम्फर्टेबल राष्ट्रपति र सभामुखले दुधको दुध पानीको पानी अनुसार काम गर्न नसक्ने उनको दाबी छ । ‘सबैलाई कम्फर्टेबल सभामुख चाहिएको छ । कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । यस्तो राष्ट्रपति र सभामुखले दुधको दुध पानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ ? सक्दैन,’  केसीले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्