काठमाडौं, ७ माघ । प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्। कांग्रेसकी उम्मेद्वार मुक्ताकुमारी यादवलाई हराउँदै रानामगर उपसभामुखमा निर्वाचित भएकी हुन्।
संसद्मा उपस्थित् २ सय ६४ सांसदहरुमध्ये रानामगरले १ सय ६६ मत पाउँदा उनका प्रतिद्धन्दि यादवले ९७ सय मत पाईन्।यस्तै, १ मत कसैलाई मतदिन्न भन्ने पक्षमा परेको छ।
रानामगरलाई सत्तारुढ दलहरुले मतदान गरेका थिए भने यादवलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले मतदान गरेका थिए।