काठमाडौं, ८ माघ । नेपाली कांग्रेसले आफू प्रमुख प्रतिपक्षी दल भएको भन्दै संघीय संसद् सचिवालयमा निवेदन दिएको छ। कांग्रेसले प्रमुख विपक्षी दल र दलको नेताले पाउने सेवासुविधाको मागसमेत गर्दै संसद् सचिवालयमा निवेदन दिएको हो।
यसअघि नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका पाउनका लागि सभामुखलाई निवेदन दिइसकेको छ।
नेमकिपाका सांसद् प्रेम सुवालले सरकारलाई कांग्रेसले विश्वासको मतदिएको हुँदा कांग्रेस प्रतिपक्षी नभएको बताउँदै आएका छन्।