Logo

धरानका मेयर साम्पाङले अवैध संरचनामाथि चलाए डोजर



काठमाडौं, ८ माघ । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रम गरी बनाइएका संरचनामाथि डोजर चलाएको छ । आइतबार धरान उपमहानगरको वडा नम्बर ५ मा पर्ने अँधेरी खोला किनारमा जग्गा अतिक्रमण गरेर बनाइएको मुना चौधरी लिम्बूको घरमा उपमहानगरले डोजर चलाएको हो ।

उपहानगरले डोजर चलाउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ । ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । घर धनीलाई दुईपटक घर नबनाउन सूचना दिइएको र राजनीतिक पहुँचको आडमा घर निर्माण भएपछि डोजर चलाउन बाध्य भएको उपमहानगरले जनाएको छ ।

धरानका मेयर हर्क साम्पाङले सरकारलाई कमजोर सम्झेर जे पायो त्यही गर्नेहरुलाई नछोडिने बताएका छन् । साथै, अवैध संरचना हटाउन सहयोग गरेको भन्दै उनले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायलाई धन्यवाद दिएका छन् ।

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्