काठमाडौं ११ माघ । जनमत पार्टीका मन्त्री अब्दुल खानले खानेपानी मन्त्रालयको पदभार ग्रहण आज २ बजे गर्ने भएका छन्।
खानले आज २ बजे खानेपानी मन्त्रालयको पद्भार ग्रहण गर्ने स्रोतले जनाएको छ। यसअघि मन्त्री खानले शपथ ग्रहण गरेपनि खानेपानी मन्त्रालयको भने पदभार ग्रहण गर्न गएका थिएनन्।
जनमत अध्यक्ष डा सिके राउतले आफूले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने र नपाए सरकार छोड्ने पटक-पटक धम्की दिँदै आएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री खानलाई विशेष आग्रह गर्दै केही समयका लागि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालिदिन र केही समयपछि आफ्ना मागहरु पूरा गर्ने बताएको स्रोतले जनाएको छ।