काठमाडौं, १३ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेका वकिलहरुको बहस सकिएको छ।
अहिले सुनुवाइमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन्।
बहस सकिएपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो आएको छ। दुवै तर्फका कानून व्यवसायीहरुको अनुसार उक्त मुद्दामा आज फैसला आउने सम्भावना प्रवल छ।