Logo

गृहमन्त्री लामिछानेका वकिलको जिकिर– अमेरिकी नागरिकता त्यागेपछि राज्यविहीन बनाउन मिल्दैन



काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सुनुवाइ सकिएको छ । सुनुवाइका क्रममा लामिछानेका तर्फबाट बहस गरेका अधिवक्ता नरेन्द्र गौतमले रिट निवेदकको हकदैयामाथि प्रश्न उठाएका छन् । गृहमन्त्री लामिछानेको नागरिकता विवाद रिट संवैधानिक इजलाससम्म आइपुग्ने प्रकृया नै नमिलेको उनको जिकिर छ ।

‘यो रिटको बाटो मिलेको छैन । यसरी रिट आउन थाले भने संवैधानिक इजलासले कसरी धान्न सक्छ,’ उनले भने । साथै, गृहमन्त्री लामिछानेले नागरिकता नेपाली नागरिकता नै नत्यागेकाले पुनः प्राप्तिको प्रकृया गर्नु नपर्ने उनले बताए ।

साथै, लामिछानेका तर्फबाट बहस गरेका अर्का अधिवक्ता आशिष अधिकारीले रबि लामिछानेलाई राज्यविहीन बनाउन नमिल्ने जिकिर गरे । ‘नेपालले यो विषयमा अन्तर्राष्ट्रिय सन्धी–सम्झौतामा हस्ताक्षर गरेका छ। योग्यता पुगेको कसैलाई राज्यविहीन बनाउन मिल्दैन,’ उनले भने।

 



प्रतिक्रिया दिनुहोस्