काठमाडौं, १३ माघ । उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको हो।
बेलायत नेपालको सबैभन्दा भरपर्दे विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गरे। त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताए।
नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताए। ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उहाले उल्लेख गरे।
अहिलेको सरकारको प्रथमीकता राष्ट्रिय एकता, शुसासन र सेवा प्रभाह भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा बेलायत सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे।
फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले भूपू व्रिटीश गोर्खा सैनिकको समस्या समाधानको लागि राजदूत पोलिट समक्ष आग्रह गरेका थिए।