Logo

कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष ? पहिला पोजिसन स्पष्ट हुनुपर्‍यो– शंकर पोखरेल



काठमाडौं, १६ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष भन्नेमा विवाद रहेको बताएका छन् । सोमबार विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिीत कुराकानी गर्दै उनले कांग्रेसले पहिले आफ्नो पोजिसन स्पष्ट पार्न आवश्य रहेको बताएका हुन् । कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा दाबी गर्नुको कुनै औचित्य नभएको उनको तर्क छ ।‘कांग्रेस अहिले न सत्ता पक्ष न प्रतिपक्ष जस्तो भएको छ । दिशाहीन अवस्थामा रहेको कांग्रेसले पहिला आफ्नो पोजिसन स्पष्ट पार्न आवश्यक छ,’ उनले भने ।

कांग्रेस जस्तो लोकतान्त्रिक आन्दोलनमा इतिहास रहेको पार्टीको द्वैत चरित्र रहनु दुःखद् भएको उनको टिप्पणी छ । कांग्रेसले प्रमुख प्रतिपक्ष दलको मान्यता पाउँ भनी संसद् सचिवालयमा पत्र पठाएको प्रसंग स्मरण गर्दै उनले कांग्रेस पहिला सच्चिएर मात्रै प्रतिपक्ष दलको भूमिकामा बस्न मिल्ने बताए ।

साथै, उनले एमालेले रबि लामिछानेलाई गृहमन्त्री बनाउन कुनै दवाब नदिएको बताए । रबिको नागरिकता विवादमा सर्वोच्चको फैसलाप्रति भने उनले असन्तुष्टि व्यक्त गरेका छन् । आगामी राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवार असफल हुने बारेमा कल्पना पनि गर्न नसकिने उनको दाबी छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्