Logo

प्रेमप्रसाद आत्मदाह प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धन



काठमाडौं, १६ माघ । प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केही दिनअघि उनले काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका थिए ।
आत्मदाहअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै विभिन्न व्यक्तिहरुले आफूलाई आत्मदाहको लागि बाध्य बनाएको उल्लेख गरेका थिए ।

सोही आधारमा प्रेमप्रसादको परिवारले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरीले सोमबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुर गुरुङलाई बयानका लागि बोलाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्