काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आजपनि बस्दैछ।
बैठक मध्यान्ह १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।
बैठकमा राजनीतिक घटनाक्रम, गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा छलफल हुनाका साथै माओवादी नेताहरुको कार्य विभाजन प्रस्तावमा सहमति जुटाउन छलफल हुने एक नेताले बताए।
पार्टी संगठनसम्बन्धि होमवर्क नसकिएकाले आजपनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गर्ने उपाध्यक्ष कृष्णबहादुर महराले बताए।
बैठक सोमबारदेखि सुरु भएको थियो।