Logo

रबिविरुद्धको उजुरी प्रहरीले लिएन



काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिएको छैन्।

गत शुक्रबार सर्वोच्चले लामिछाले नेपाली नागरिकता पुन: प्राप्त नगरेको भन्दै उनको सांसद् पद खारेज गरेको थियो।

सर्वोच्चमा पद खारेजी गराउन मुद्धा दायर गर्ने युवराज पौडेल ‘सफल’ फेरि लामिछानेले नागरिकता खारेजी रहँदा राहदानी बनाइ प्रयोग गरेको भन्दै कार्वाही गर्न काठमाडौं प्रहरी परिसरमा उजुरी गर्न पुगेका थिए।

तर उनको उजुरी अदालतको पूर्ण पाठ नआएको भन्दै प्रहरी दर्ता गर्न मानेको छैन।



प्रतिक्रिया दिनुहोस्