काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पार्टी बैठक लगत्तै पत्रकार सम्मेलनको आयोजना गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
आजको पत्रकार सम्मेलन सिङ्गो देश र विदेशमा रहेका सबैले हेरुन र सुनुन् भन्ने आफूले चाहेको उनले उल्लेख गरेका छन् । आजको पत्रकार सम्मेलन विशेष हुने संक्रेत गर्दै उनले आफूले सिधा कुरा नगरेको धेरै भएको बताएका छन् ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले लेखेका छन् ।