काठमाडौं, २३ माघ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन सहजीकरण गर्ने बताएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी उपाध्यक्ष अर्यालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन् ।
साथै, राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवारीमा रहँदासम्म कुनै दलको पक्षमा नलागी समान व्यवहारले काम गर्ने उनको भनाइ छ । महिलाहरुको हक हिताका लागि नयाँ नियम, कानुन बनाउन पहलकदमी चाल्नेसमेत उनले बताइन् ।
‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरूमा हुनेछ । प्रभावकारी नै छ पनि । यसमा अझ के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ, त्यसैमा लागि पर्छु,’ उनले भनिन् ।