काठमाडौं, २६ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। विश्वासको मतका लागि प्रदेशसभाको बैठक ४ बजेका लागि सारिएको छ। आज दिउँसो १ बजेका लागि बोलाएको बैठक ४ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सुदूरपश्चिममा विश्वासको मतका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले विश्वासको मत नदिने जनाएको छ। नाउपाका सांसद्हरु अहिलेसम्म पनि काठमाडौंमै रहेका छन्।