काठमाडौं, २७ माघ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रबि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुको सहभागी रहेको छन्।
तर, तीन दलले भने बैठकमा सहभागीता जनाएका छैनन्। सहभागीता नजनाउनेमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहेका छन्।
नागरिक उन्मुक्ति सरकारसँग रुष्ट हुँदै गएको छ। अहिले संयन्त्रको बैठक चलिरहँदा अध्यक्ष रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागार पुगेकी छन्। भने जसपा अध्यक्ष यादव अहिले जनकपुरबाट काठमाडौं फर्किन लागेको पार्टी प्रवक्ता मनिष सुमनले बताए।
यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौं बाहिर भएको बताइएको छ।