काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रेदशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह आज साढे ३ बजे पद तथा गोपनियताको शपथ लिने भएका छन्।
उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिदैछन्।
शपथ ग्रहणलगत्तै कांग्रेसबाट १ र एकीकृत समाजवादीबाट १ गरी २ जनालाई मन्त्री बनाउने उनको तयारी रहेको छ।
समाजवादीले मन्त्रीका लागि बाजुराका नरेश शाहीलाई मन्त्री बनाउने निर्णय गरेको छ।
कांग्रेसबाटै मुख्यमन्त्री भएका शाहले आफ्नै पार्टीबाट एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। कांग्रेस स्रोतका अनुसार प्रकाशबहादुर देउवालाई मन्त्री बनाउने तयारी रहेको छ।
यसअघिका मुख्यमन्त्री राजेन्द्र रावलले हिजो विश्वासको मत नपाएपछि शाह मुख्यमन्त्री भएका हुन्।