Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ



काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रेदशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह पद तथा गोपनियताको शपथ लिएका छन्।

उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

यसअघिका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

शपथ लगत्तै कांग्रेसबाट १ र एकीकृत समाजवादीबाट १ गरी २ जनालाई मन्त्री बनाउने शाहको तयारी रहेको छ।



प्रतिक्रिया दिनुहोस्