Logo

चिकित्सक संघले फिर्ता लियो आन्दोलन



काठमाडौं, २९ माघ । नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ । आज (आइतबार) प्रधानमन्त्रीको कार्यालयमा सरकारका पदाधिकारीसँग भएको वार्ताबाट चिकित्सक संघ आन्दोलन फिर्ता लिएर अस्पतालको सेवा सुचारु गर्न सहमत भएको हो ।

वार्तामा चिकित्सक संघबाट डा. लोचन कार्की, डा.बद्री रिजाल, डा. रुद्र मरासिनीलगायतका प्रतिनिधिहरु सहभागी थिए भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु सहभागी रहेका थिए ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकलाई लाठी चार्ज गरेको विरोधमा चिकित्सक संघले देशभरका अस्पतालमा आपतकालीन सेवा बाहेकका सेवा बन्द गराउने निर्णय गरेका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal

चिकित्सक संघ र सरकारबीच वार्ता



प्रतिक्रिया दिनुहोस्