Logo

जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति एमाले सचिव भट्टराई रुष्ट



काठमाडौं, २९ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराई सरकारले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्‍को निर्णयप्रति रुष्ट भएका छन्।

उनले समाजिक सञ्जालमार्फत त्यसको विरोध गरेका छन्। ट्‍विट गर्दै लेखेका छन्, ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरवस्वरुप गणतन्त्र र संविधान दिवस मानिदै आएको छ। अरु सबै यसकै अधिनस्थ हुन। फेरि अलग अलग बिदा किन? मुलुकलाई अनावश्यक वैचारिक धुर्बीकरणमा नफसाऔँ।’

आज बसेको मन्त्रिपरिषद्‍ बैठकले भोलि(फागुन १) जनयुद्ध दिवसको अवसर पार्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्