Logo

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बस्न लागेको हो ।

आजको केन्द्रीय कमिटी बैठकमा चितवन २ मा हुने उपनिर्वाचनको उम्मेदवार बारेमा छलफल हुने बताइएको छ । सरकारमा सहभागी रहेको दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत पार्टी सभापति रबि लामिछानेले चितवन–२ को उपनिर्वाचन बारे चासो देखाएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । चितवन–२ मा रास्वपाबाट सभापति लामिछाने उम्मेदवार बन्ने निश्चित छ ।

 



प्रतिक्रिया दिनुहोस्