Logo

जनयुद्ध दिवस मनाइरहेका १३ जना प्रहरी नियन्त्रणमा



काठमाडौं, १ फागुन । जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कन्चनपुरको महेन्द्र नगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार विहान कैलाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसपार्कको बाटो भएर दोधारा चाँदनी सुख्खा बन्दरगाहको निरीक्षणका लागि जाने बताइएको छ । प्रहरीको धरपकड पछि उनीहरुले ‘वीर सहिदहरु लाल सलाम, प्रहरी हस्तक्षेप बन्द, नालायक प्रचण्ड मुर्दावाद’ लगायतका नारा लगाएर विरोध गरेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्